काठमाडौं – बिहीबार महानगरपालिका –१९ स्थित आयोजना गरिएको भेलाले नेवा: देय् दबू काठमाडाैं महानगर १९ वडा कमिटी गठन गरेको छ । नेवा: देय् दबू का केन्द्रिय अध्यक्ष नरेश ताम्राकार, बागमती प्रदेश समितिका अध्यक्ष उमेश स्थापित ,नेवा: देय् दबू महानगरका उपाध्यक्ष सृजन श्रेष्ठको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो ।
उक्त भेलाले हिमाल डंगोललाई समितिको अध्यक्ष चयन गरेको छ भने बशु नारायण महर्जनलाई उपाध्यक्ष चयन गरेको छ । त्यसैगरी, बिगेन तुलाधर सचिव पदमा चुनिएका छन् भने अन्जली शाक्यलाई सहसचिव पदमा चुनिएको छ । कोषाध्यक्षको जिम्मेवारी श्रीजना शर्माले पाएकी छन् । आठ जना सदस्यमा सुरेश महर्जन, राजेन्द्र महर्जन ,ऋतु महर्जन , न्हुछे राज मुनिकार , देबिता श्रेष्ठ , लक्ष्मी शाक्य , किरण श्रेष्ठ र सृष्टिना मुनिकारलाई चयन गरेको छ । भेला दमाई टोलको बज्र कला कुञ्जमा भएको थियो।
नवगठित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई नेवा: देय् दबूको महानगरका उपाध्यक्ष सृजन श्रेष्ठले शपथ ग्रहण गराउनुका साथै नेवा: देय् दबूका केन्द्रिय अध्यक्ष नरेश ताम्राकारले खादा ओढाएर, बागमती प्रदेश समितिका अध्यक्ष उमेश स्थापितले टीका लगाएर बधाई दिए ।
यसै बीच नेवाः देय् दबूको महानगर समितीको अधिवेशन फाल्गुन ७ गते न्यु जेनिथ स्कुल र काठमाडौं जिल्ला समितीको अधिवेशन फाल्गुन १४ गते खुशिबुँ स्थित बिनायक पार्टी भेन्युमा हुने भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३