काठमाडौं – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पृथ्वीनारायण शाहको गलत निर्णयका कारण तत्कालीन सेनापति कालु पाँडे मारिएको बताएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा उनले राष्ट्र एकीकरण अभियानमा पृथ्वीनारायण शाहको गलत निर्णयका कारण काजी पाँडे मारिएको बताएका हुन् ।
‘पृथ्वीनारायण शाहको राष्ट्र एकीकरण अभियान राम्रो हो । उनले भने, कीर्तिपुरमा आक्रमण गर्दा पृथ्वीनारायण शाहको गलत निर्णयले कालु पाँडेको निधन भएको हो ।’
यसबारे उनले थप भने, ‘कालु पाँडे अहिले कीर्तिपुरमा आक्रमण गर्नुहुँदैन भनेका थिए । पृथ्वीनारायण शाहले कालु पाँडेका कारण युद्ध हारिने भयो भने । त्यसपछि उनी पनि आक्रमण गर्न राजी भए । कीर्तिपुरमा पाँँच हजार सेना तयारी अवस्थामा थिए । यता एक हजार २०० थिए । यस कारण १८१४ जेठ १९ गते कीर्तिपुर आक्रमण गर्दा कालु पाँडे मारिए ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३