काठमाडौँ – सुनको भाउ सोमबार प्रतितोलामा एक हजार ६०० रुपैयाँको दरले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३४० रुपैयाँमा निर्धारण गरिएकाे छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३