नसोच अवला
नारी अवला नसोच कहिल्यै तिमी
प्रकृतीको तिमी हो अमूल्य सृष्टि
अमृत धाराको स्रोत एक मात्रै नारी
तिमी नै त हो मातृशक्ती जगत जननी
नारी नसोच अवला कहिले पनि
जगतमा प्राणी तृखाले हुँदा तृषित आए धर्तिमा तिमी
देबी गङ्गाको रूपमा प्यास मेटाउन बोकी पानी
सारा बोझ उठाई बसेकी छिन् माता धर्ती अनि
अन्नपूर्णको भण्डार सम्हाली माता अन्नपुर्ण बनी
नारी नसोच अवला कहिले पनि
संकटमा आउँछन् देवता माग्न ग्वाहार शक्ति लौन भनि
दुष्ट राक्षस संहार गरिदिए कालीको रूप धारण गरी
लक्ष्मी सरस्वती भगवती काली सबै हुन नारी शक्ति
दुःख पर्दा आउँछन् रंक देखि राजासम्म पनि शरणमा शिर झुकाई मां शक्ति भनि
नारी नसोच अवला कहिले पनि
ममता, समर्पण बलिदान र त्यागको प्रतिक हुन सीता र भृकुटी
ऐतिहासका पन्ना पन्ना पल्टाएर हेर कम छैन यहाँ नारी
बिदुषि र बिराङ्गनाहरू कति छन् कति
के गर्न सक्दैनन् नारीहरूले हेर गार्गी र म्याडम क्युरी
नारी नसोच अवला कहिले पनि
पठाए तिमीलाई नसकी आउन घरघरमा देबी
नारी शक्ति रूपमा बनाई आमाको प्रतिमुर्ति
सानै ठेसलागेमा पनि निस्किन्छ पुकार आमा भनी
अधुरो नारी शक्ति बिना देवदेवटाहरू पनि
नारी नसोच अवला कहिले पनि
तिमी भित्र लाखौं सञ्चित छ शक्ति
कोइला खानीमा हिरा लुकेर बसे सरी
मात्र एक पल्ट खोतलेर हेर हृदय भित्र नियाली
अलौकिक साहस, शिप, वुद्धि र वलको खानी हो तिमी
नारी नसोच अवला कहिले पनि
जोहरीले तरासे झै हिरा, तरास तिमीले आफैलाई नियाली
चम्काउ ती निहित गुणलाई जान लडाईमा तरबार तिखारे सरी
सक्छौ लड्न तिमी हर परिस्थितिमा बिना सहारा कसैको पनि
बन्न सक्छं नमुना तिमी असम्भव कैहि छैन यहाँ सोची
तिम्रा सिप गुण तिखार निखार आउ निडर बनी
नारी नसोच अवला कहिले पनि
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३