काठमाडौँ – शनिबार सम्पन्न नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारणसभाबाट वार्षिक साधारणसभाले प्रचण्ड शाक्यको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
दिल्लीरत्न तुलाधर वाणिज्य समुहतर्फको उपाध्यक्षमा निर्वाचित भएका छन् । तुलाधर रिच्युअल फ्रेट, वान वर्ल्ड ट्रेड कन्सर्न लगायतका विभिन्न व्यवसायका सञ्चालक हुन्। तुलाधर युवाहरुलाई नेपाल मै सम्भावना देखाउँने अभियान ‘सम्भव छ’ का संस्थापक समेत हुन् ।
यसै गरि उद्योगतर्फको उपाध्यक्षमा दिव्यतारा तुलाधर निर्वाचित भएका छन् । उनीसंग महिला उद्यमिको रुपमा आफुलाई स्थापित गर्दै लामो समय हस्तकला महासंगमा काम गरेको अनुभब छ।
वरिष्ठ उपाध्यक्षमा सनम शाक्य, जिल्ला र प्रदेश हस्तकला संघतर्फको उपाध्यक्षमा दीपेन्द्र शाक्य, वस्तुगत संघतर्फको उपाध्यक्षमा अमृत खड्का, उद्योगतर्फको उपाध्यक्षमा दिव्यतारा तुलाधर, वाणिज्यतर्फको उपाध्यक्षमा दिल्लीरत्न तुलाधर, व्यक्तिगततर्फको उपाध्यक्षमा नविन शाक्य र एसोसिएटतर्फको उपाध्यक्षमा किरणकुमार स्थापित निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३