काठमाडौं- आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनबीच चुनावी तालमेलको गृहकार्य सुरु भएको छ ।सरकारको नेतृत्वको गरेको नेपाली कांग्रेसका शीर्ष नेताहरुले कांग्रेसले एक्लै चुनाव लड्ने बताईरहेका छन् । तर, प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा भने गठबन्धनलाई साथमै लिएर अघि बढ्न चाहन्छन् ।
यो बीचमा प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग निरन्तर छलफल गरिरहेका छन् ।
केही समय पहिले त उनले कांग्रेस नेताहरुलाई गठबन्धनका नेताहरुको मन दुखाउनेगरि नबोल्नसमेत निर्देशन दिएका थिए । उता, प्रचण्डको गृहजिल्ला चितवनमा पनि चुनावी तालमेलको गृहकार्य सुरु भएको छ । कांग्रेसले संघको निर्वाचनमा प्रचण्डलाई सघाउने वचन दिएको छ ।
तर, स्थानीय तहको निर्वाचनमा भने भरतपुर महानगरपालिकाको नेतृत्व कांग्रेसलाई दिनुपर्ने शर्त राखेका छन् । अहिले भरतपुरको मेयरमा रेनु दाहाल छिन् । उनी पूनः मेयरमा उठ्ने चर्चा भएको छ ।कांग्रेस चितवनको सभापति राजेश्वर खनालले भरतपुरको मेयरमा कांग्रेसले लिने र संघको निर्वाचनमा प्रचण्डलाई सघाउनेगरि छलफल चलेको बताएका छन् ।
केन्द्रीय तहबाट पनि चितवनमा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्नेबारे छलफल सुरु भएको जनाईएको छ । भरतपुरको मेयरमा रेनुलाई उठाईए जित्न मुश्किल रहेको चितवन कांग्रेसको बुझाई छ ।बरु, मेयर कांग्रेसले लिने र उपमेयर माओवादीलाई दिनेगरि चुनावी तालमेलमा जान सकिने उनीहरुको भनाई छ ।
संघको चुनावमा भने कांग्रेसले प्रचण्डलाई सघाउने वचन दिएको छ ।
उता, रेनुले भने कुनैपनि हालतमा आफू नै मेयरमा उठ्ने भन्दै तयारी गरेकी छिन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३