नवलपरासी – पश्चिम नवलपरासीमा जग्गा कारोबारमा साढे दुइ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन् ।
काठमाडौं–१६ घर भएकी ५४ वर्षीय बिमला श्रेष्ठलाई पक्राउ गरिएको हो । उनलाई बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
उनका अनुसार नवलपरासीमा जग्गा बिक्री नगद २ करोड ५६ लाख रुपैयाँ ठगी गरेर फरार रहेकी श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धानका लागि पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । पश्चिम नवलपरासीका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रेमबहादुर शाहीले श्रेष्ठलाई हिरासतमा राखी अनुसन्धान भइरहेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३