काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चुनावमा सहभागी नहुने भएको छ । उसले संसदीय व्यवस्था र संविधान स्वीकार गरी दल दर्ता गराएर चुनावमा सामेल हुने कल्पना पन नगर्न भनेको छ ।
कपिलवस्तुमा विप्लवको दलको बैठक चलिरहँदा उक्त दलको मुखपत्र ईरातोखबरले सम्पादकीयमार्फत् चुनावमा सामेल नहुने स्पष्ट पारेको हो । सम्पादकीयमा भनिएको छ,‘नेपाल कम्युनिस्ट पार्टी देश, जनता र क्रान्तिको भविष्य खाडलमा हालेर यो असफल र बदनाम संसदीय व्यवस्था र त्यसको संविधान स्वीकार गरी दल दर्ता गराएर संसदीय व्यवस्थामै विलय हुने गरी चुनावमा सामेल हुन्छ र आफ्नो क्रान्तिकारी विरासत समाप्त पार्ने ध्वंसात्मक निर्णय गरेर फर्कन्छ भन्ने कल्पना पनि नगर्नु राम्रो हुन्छ ।’
यद्यपि, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीभित्र चुनावमा जाने विषय उठेको स्वीकारिएको छ । उक्त दलको बैठक चलिरहँदा चुनावमा सहभागी हुने विषय उठेको चर्चा चलिरहँदा सम्पादकीयमार्फत् आधिकारिक धारणा आएको छ ।
यसअघि विप्लवले रातोखबरमा लेखमार्फत् सशस्त्र क्रान्ति गर्ने लेखेका थिए । उनले सशस्त्र क्रान्तिको आवश्यकता रहेको भन्दै प्रचण्ड र बाबुराम भट्टराईको जीवनकालमा सशस्त्र क्रान्ति गरेर देखाउन उल्लेख गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३