काठमाडौं – काठमाडौंको सिनामंलगलमा रहेको सर्पोट ह्युमन रिसोर्सेज मेनपावरले पठाएका दश नेपाली दुवईमा दुई महिनादेखि अलपत्र परेका छन् ।
मेनपावरले आकर्षक तलबको लोभ देखाएर दुवई पठाएपनि त्यहाँ पुगेपछि काम नपाएर न्यूनतम तलबमा काम गर्ने बाध्यभएको पुगेको अलपत्र परेका युवाहरुले रिपोर्टर्स नेपाल डटकमसँग गुँनासो गरेका छन् ।
रिपोर्टर्स नेपाल डटकममा फोन मार्फत मधेस प्रदेशका तीन जिल्ला रौतहट, बारा र सलार्हीका दश जना युवाले आफुहरु नेपाल फर्किन चाहेको भन्दै उद्दार गर्न हार गुहार गरेका छन् ।
अलपत्र पर्नेमा सुदामा राय यादव, कुन्दन महतो कहार, ललन साह, रन्जीत बाबु साह, सन्जय कुमार कनु, राकेश रौटा, शिबु खनाङ, श्याम सुन्दर प्रसाद साह, उमेश चौधरी, विजय पासवान र राजा कुमार बैथा रहेको छन् ।
यस्तै, उनीहरुले एजेन्ट राजदेव प्रसाद यादवले मेनपावरमा फोन गर्न भनेर पन्छिन खोजेको आरोप लगाएका छन् ।
‘एयरपोर्टमा लोड/अनलोडको काम हो । ८५० दिराम तलब हुन्छ भनेर पठाइएको हो । तर, अहिले काम नपाएर अलपत्र हुँदा मेनपावरले फोन उठाउँदैन् । हामी दुवईको अल वार्सनमा रहेका छौं । नेपाल फर्किन चाहन्छौं ।,’–अलपत्र परेका ललन शाहले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३