काठमाडौं – सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइरालाविरुद्धको कर्तव्य ज्यान मुद्दाको सुनुवाइ बिहीबार हुँदैछ ।
न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजलासमा सुनुवाइका लागि सर्वोच्चले मुद्दाको पेसी तोकेको छ ।
मुद्दा दर्ता भएको डेढ वर्षपछि मात्र सुनुवाइका लागि मुद्दा पेसीमा तोकिएको हो ।
१५ असार २०७७ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले श्रीमती गीता ढकालको हत्यासम्बन्धी मुद्दामा रञ्जनको कैद सजाय घटाएको थियो ।
जबकि कोइराला भने डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भोगिरहेका थिए ।
तर, प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसी रहेको संयुक्त इजालसले साढे आठ वर्ष मात्र कैद बसे पुग्ने भन्ने फैसला गरेको थियो ।
जन्मकैद सजाय तोकिँदा नाबालक छोराहरूको हेरचाह, संरक्षण एवं शिक्षादीक्षाका कार्यहरूमा अनिश्चितता र अन्योल हुने तथा सजाय चर्को पर्न जाने चित्तमा परेकाले घटाउनुपरेको फैसलामा भनिएको थियो ।
फैसला पीडकको पक्षमा आएको भन्दै न्यायिक वृत्तबाटै चर्को आलोचना भयो ।
त्यसपछि महान्यायाधिवक्ताको कार्यालयले १४ साउन २०७७ मा आदेशप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकन निवेदन सर्वोच्चमा दिएको थियो ।
निवेदनउपर सुनुवाइ हुँदा पुनरावलोकन हुने निर्णय सर्वोच्चले गरेको थियो ।
अब, मुद्दा सुरुवाती चरणदेखि नै अघि बढ्ने भएको छ ।
कोइराला २७ पुस २०६८ मा श्रीमती गीता ढकालको हत्यासम्बन्धी मुद्दामा यसअघि अदालतबाट दोषी ठहर भएका थिए ।
ढकालको हत्या गरेर मकवानपुरको मेत्राङमा शव जलाएको खुलेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३