काठमाडौं – विवेकशिल साझाँपार्टी नेता मिलन पाण्डेले रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिट्लर भएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।
साथै, उनले रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरूलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
‘आज रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरूलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरे । यो उनको अर्को अलोकतान्त्रिक कदम हो। साथीहरू, रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिट्लर हुन् । म मिश्रको यो कदमको घोर भर्त्सना गर्छु। पार्टी अफिस मिश्रको पेवा होइन, उनले लेखेका छन् ।’
अध्यक्ष मिश्रलाई किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको अतन्तुष्ट समूहले आज पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको थियो । तर, उक्त कार्यक्रम रोक्न अध्यक्ष मिश्र पक्षले कर्मचारी बाहेक अन्यका लागि पार्टी केन्द्रीय कार्यालय बन्द गरेको सूचना जारी गराएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७