काठमाडौं – अख्तियार दूरुपयोग अनुसनधान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले कैलालीको कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकर बहादुर वमसहित ६ जना विरुद्ध भ्रष्टाचार गरेको भन्दै आरोप–पत्र दायर गरेको हो ।
आयोगका अनुसार कालिका सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष तथा कालिका निमाविमा निजी शिक्षकको रुपमा कार्यरत कमल बहादुर शाहीले सामुदायिक वनको अध्यक्ष भएको बेला समूहको कोषको रकम विद्यालयलाई अनुदान उपलव्ध गराएको देखाई विद्यालयको खातामा भएको रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो । उक्त उजुरु पछि अनुसन्धान हुँदा कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु अध्यक्ष झंकर बहादुर वम, सदस्य धिरेन्द्र बहादुर विष्ट, सदस्य कमला रावल (विष्ट), शिक्षक प्रतिनिधि कमल बहादुर शाही र प्रधानाध्यापक तथा सदस्य–सचिव जनक बहादुर थापा पनि संलग्न रहेको पाईएको छ ।
समूहले टेण्डरमार्फत गोलिया काठ लिलाम गरी विद्यालयलाई शैक्षिक अनुदान दिएको रकम २०७१ कात्तिक १८ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयलाई अनुदान ऋण उपलब्ध गराउँदै आइरहेको भनिएका आरएस सःमिलका प्रोप्राइटर रमेश थापालाई विद्यालयको ८ लाख रुपैयाँ उपलब्ध गराएको आरोपपत्रमा उल्लेख छ । बिगोबमोजिमको ८ लाख रूपैयाँ ती प्रतिवादीहरूबाट असुल उपर गरी विद्यालयलाई भराउन माग दाबी गरिएको आयोगले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३