काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्ता गठबन्धन मूल्य र मान्यतामा आधारित भएर नबनेको टिप्पणी गरेका छन् । उनले भविष्यमा बन्न लागेको चुनावी गठबन्धनको मूल्य मान्यतामाथि पनि प्रश्न गरे ।
‘गठबन्धनका कुराहरु आउँछन् । मूल्य र मान्यतामा आधारित गठबन्धन हुनुपर्छ भन्ने हो,’ रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्वसमा सम्बोधन गर्दै पूर्व सभामुख समेत रहेका नेता नेम्वाङले भने, ‘गठबन्धन मूल्य र मान्यता अनुसार भएन भने सम्बन्धितले दुःख पाउनुहुन्छ ।’
नेम्वाङले दलहरुबीच समझदारीमा जोड दिए । सहमति र समझदारीबाट संविधान निर्माण गरेकोले यसलाई यताहुने नहुने मान्यताका साथ अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘दलहरु अप्ठ्यारोमा पर्दा एक ठाउँमा बस्नुपर्छ प्रतिष्पर्धाका बाबजुद मिलेर अगाडि बढ्नुपर्छ ।’
नेम्वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट रिपोर्टर्स क्लब नेपाललाई शुभकामना दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३