काठमाडौं – अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् । ०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उनी उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरको मेयर उठ्ने भएका हुन् ।
स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो।
उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३