काठमाडौं – बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनहरुको भाडा वृद्धि भएको छ । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा समायोजन गरेको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ ।
वागतमी प्रदेशमा चल्ने ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । अब वेटिंग चार्ज प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।
अब उपत्यका सहित वागमति प्रदेशमा सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ । नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७