काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले सरकार र सरकारी निकायमा प्रयोग हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव समेत मन्त्रिपरिषद्मा पुगेको जनाएका छन् । अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन प्रयोग नगर्ने गरी प्रस्ताव तयार भएको उल्लेख गरे ।
उनले भने, ‘अहिले विदेशी मुद्राको सबैभन्दा ठूलो खपत इन्धन आयातमा भइरहेको छ । यसलाई न्युनिरकण गर्न मुख्य सचिवको संयोजकत्वमा एक समिति बनाई विदेशी मुद्रा सञ्चितीका लागि के के काम गर्न सकिन्छ भनेर सुझावका लागि खटाईएको छ । यसबारे छलफल भइरहेको छ ।’
महङ्गा एवम् विलासी सवारी साधनको आयात रोक्न पनि प्रस्ताव गरिएको उनको भनाइ छ । उनले सर्वसाधारणलाई पनि इन्धनको प्रयोगमा किफायती गर्न आग्रह गरिएको र त्यसमा प्रोत्साहित गरिने स्पष्ट पारे । मुख्यसचिवको नेतृत्वमा विभिन्न विषयमा अध्ययन भइरहेको जानकारी दिँदै अर्थमन्त्री शर्माले सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको तस्करी रोक्न र वैदेशिक लगानी भित्र्याउनका लागि हेजिङलगायत दीर्घकालीन निर्णय पनि गरिने स्पष्ट पारे । अनावश्यक आयात निरुत्साहनका लागि आवश्यकताका आधारमा कदम चालिएको उनको भनाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३