वीरगंज भन्सारको मुख्य नाकाबाट सिमानाका रहेका बिओपी र प्रहरी चौकीको मिलोमतोमा व्यापक रुपमा तस्करी भईरहेको छ।
पर्साको वीरगंज महानगरपालिकामा पर्ने भन्सारको मुख्य नाका र पूर्वपट्टि रहेको ईनार्वागाउँबाट भन्सारको कर्मचारी , नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा भन्सार छली तस्करी हुँदै आएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रमेश बस्नेत र सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख तेज पोखरेल र प्रहरी उपरीक्षकहरुले तस्करीमा कडाई गर्ने निर्देशन दिए पनि सिमानाकामा रहेका बिओपी र प्रहरी चौकीहरुले निर्देशन विपरीत ठुलो मात्रामा तस्करी लाईन दिई दिनहु ५० लाख रुपैया बराबरको सामानहरु भन्सार छलि गरि तस्करहरूले नेपाल भित्रयाउदै आएका छन्।
सिमानाकामा रहेका द्वय सशस्त्रको भन्सार बीओपी वीरगंजका इन्चार्ज सुवर्ण बम र अस्थायी प्रहरी पोष्ट ईनार्वागाउँका इन्चार्ज सिंहले तस्करहरुसँग हप्ता असुलीदेखि महिनावारीसमेत असुल्ने गरेका कारण व्यापक रुपमा भन्सारको मुख्य नाका र गाऊबाट खुल्लेआम रुपले ओसारपसार भइरहेको स्थानीयले आरोप लगाएका हुन् । पर्साको इनार्वागाउँ क्षेत्रबाट कपडा तस्करी हुने गरेको छ । इनर्वागाउँलाई कपडा तस्करीको केन्द्र पनि मानिन्छ ।
ईनार्वागाउँबाट सशस्त्रका इन्स्पेक्टर बम र असई सिंहकै संरक्षण र मिलेमतोमा नेपालतर्फबाट मटर, मरिच, छोकडा, सुपारी, अलैंची, खुकुरी चुरोट, चाइनिज स्याउ, मदिरा, पेट्रोल, डिजेल, र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरुको तस्करी भइरहेको छ ।
भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउने भारतीय सामग्रीहरुमा लत्ताकपडा, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, मोटर पार्ट्स, कुखुराको चल्ला, भैंसी, कस्मेटिक तथा खेलकूद लगायतका सामग्रीहरु, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ र रजनीगन्धा, स्पेयर पार्टस्, कुखुरा र अन्डालगायत विभिन्न वस्तु रातिमा तस्करी हुँदैआएको छ ।
भन्सारको कर्मचारी वा सशस्त्र र प्रहरीको संरक्षणमा दिनमा एक समुहले २० वटा साईकल र अटो प्रयोग गरि डियुटीमा रहेका भन्सारका कर्मचारी र प्रहरीहरुलाई मिलाएर दिन भरि सामानहरु ओसार-पसार गर्ने गरेको दृश्य हामीलाई प्राप्त भएको छ ।
त्यसैगरी पिकअप र ट्याम्पोबाट कपडा र हार्डवेयरका सामानको तस्करी गर्दै आएका काका भन्ने व्यक्ति तथा हार्डवेयरका सामानको तस्करी गर्दै आएका शर्माजी लगायत धेरै तस्करहरुलाई लाइन दिइएको छ । यसरी तस्करहरुलाई लाइन दिएर प्रहरी र सशस्त्रका इन्चार्जले लाखौं असुली गर्ने गरेको आरोप छ । इनर्वागाउँबाट असई सिंहको सेटिङमा सरसामान ब्यापक तस्करी हुने गरेको समाचार विभिन्न संचार माध्यममा आउने गरेका छन् ।
देशमा आर्थिक अभावले गर्दा विभिन्न किसिमको सामानहरुको आयात निर्यातमा रोक लगाएपछि तस्करहरुले मौकाको फाईदा उठाई सिमानाकामा रहेका बिओपी र प्रहरी चौकाका ईन्चार्जहरुले मोटो रकमको नजराना बुझाई तस्करीको लाईन लिई व्यापकरुपमा तस्करी गरिरहेको स्थानीयहरुले आरोप लगाएका छन्।
वीरगन्ज भन्सारमा चेकजाँचको लागि खटाएका डियुटीमा रहेको प्रहरीद्वयहरुले सिमानाकामा एक-एक जना प्रहरीलाई निगरानीमा खटाई पत्रकार देख्नसाथ सिमानाकामा हुने तस्करी रोकाइन्छ। सो नाकाबाट पत्रकारहरु जानसाथ तस्करी सुचारु हुने गरेको दृष्य हेर्न सकिन्छ ।
त्यसैगरि सिमानाकामा डियुटि रहेका प्रहरीहरुले घरायसी प्रयोजनको लागि ल्याउदै गरेको सामानहरु चेकजाचको बहानामा रोकि दुख दिने गरेको छ भने तस्करहरुसंग रकम बुझि तस्करी गराउने गरेको सहजरुपमा हेर्न सकिन्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३