सरकारले आफूमाथि गरेको निलम्बनको कारवाही गैरकानूनी भएको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत गएका छन् । अधिकारीको रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्रीले गैरकानूनी ढंगले जाँचबुझ आयोग गठन गरेको तथा आयोगमा उनको परिवारका सदस्य तथा पार्टी सदस्यहरु राखेको भन्दै सो प्रक्रिया नै खारेजीको माग गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले आफूलाई सहयोग नगरेको र अति गोप्य सूचना बाहिर पठाएको भन्दै चैत २४ गते मन्त्रिपरिषद् बैठकमार्फत गभर्नर अधिकारीलाई निलम्बन गराएका थिए ।
अधिकारीमाथि जाँचबुझका लागि सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा न्यायिक समिति बनाइएको छ ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७६ चैत २४ मा अधिकारीलाई १७औँ गभर्नरको रूपमा नियुक्त गरेको थियो । अधिकारीको कार्यकाल अझै ३ वर्ष बाँकी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३