नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्ने गरेको बताएका छन् ।
पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न विभिन्न दललाई चेतावनी समेत दिएका छन् ।
अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुईँमा पछारिएको दाबी गरे । उनले केपी ओलीको अहंकार अलि कति बढेको र यथार्थभन्दा बाहिर गएर बोलिरहेको उल्लेख गरे ।
त्यस्तै अध्यक्ष नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको विभाजन हुनुपर्ने धारणा राखेका थिए । अध्यक्ष नेपालले गठबन्धनमा कुनै पार्टीसँग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले पोखरा महानगरमा ८ हजार पार्टी सदस्यहरु रहेको र जनवर्गीय संगठनको संख्या जोड्ने हो भने १२ हजार पुग्ने भन्दै आफ्नो शक्तिका आधारमा दाबी गरेको बताए ।
त्यस्तै कार्यक्रममा समाजवादीका सम्मानित नेता झलनाथ खनालले ओली नेतृत्वको सरकारका कारण मुलुक संकटमा फसेको आरोप लगाए । उनले ६ महिनाको अवधिमा राष्ट्रव्यापी पार्टी बनाएको भन्दै एक वर्षभित्र नीति र सिद्धान्तअनुसार चल्ने देशको ठूलो पार्टी बन्ने दाबी गरे ।
त्यस्तै खनालले केपी ओली कै कारण पार्टी एकता जोगाउन नसकिएको बताए । कार्यक्रममा बिभिन्न दलका कार्यकर्तालाई एकीकृत समाजवादी प्रवेश गराइएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३