सत्तागठवन्धनले चुनावी तालमेललाई लिएर स्थानीय निर्वाचनमा सिट भागबण्डाको जिम्मेवारी निर्वाचन तयारी तथा अनुगमन समितिलाई तोकिएको छ । गठवन्धनले कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको कार्यदलले पाएको छ ।
गठबन्धनको भर्खरै सम्पन्न बैठकले सिट बाँडफाँडको विषयमा निर्णय गर्ने जिम्मेवारी कार्यदललाई दिएको हो । सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलले रिपोर्ट बुझाउने र गठबन्धन बैठकले निर्णय गर्ने बताइएको छ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कार्यदलले रिपोर्ट दिएपछि मात्रै सिटको टुंगो लगाउने निर्णय गरेको हो । त्यस्तै, सोमवारसम्म महानगर र उपमहानगरमा कुन दलले पाउने भन्नेबारे टुंगो लाग्नेछ ।
गठबन्धनले कांग्रेसका वरिष्ठ नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति बनाएको थियो । समितिले स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिको भागबन्डाबारे निर्णय गर्ने अधिकार पाएको छ भने गठबन्धनका प्रदेश र जिल्लास्तरका संयन्त्रलाई निर्देशन र परिचालन पनि गर्नेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३