नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले काममा फर्कने गरी अन्तरीम आदेश जारी गरेसँगै अर्थमन्त्री जनार्दन शर्मा नैतिक संकटमा परेका छन् ।
मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सर्वोच्चको नियमावली, २०७४ को नियम ४९ (२) बमोजिम निवेदकलाई पदीय जिम्मेवारी बहन गर्न दिन भन्दै विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
अर्थमन्त्री शर्मा कै चाहना अनुरुप मन्त्रीपरिषद्ले चैत्र २४ मा गभर्नरविरुद्घ सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषेतम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेलगत्तै गभर्नर अधिकारी निलम्बनमा परेका थिए ।
विगतमा तिलक रावललाई गभर्नरबाट हटाउन अर्थमन्त्री महेश आचार्यले सरकारमार्फत कदम चालेपनि अदालतको आदेशमा पुनः बहाली भएका थिए । त्यस लगत्तै अर्थमन्त्री आचार्यले नैतिकताका आधारमा राजिनामा दिएका थिए । एकै खालको घटनामा अर्थमन्त्री शर्माले पनि आचार्यले जस्तै कदम चाल्छन् वा के गर्छन भन्ने विषयलाई महत्वपूर्णका साथ हेरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३