मोडल एवं अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा किशोरी गायिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । पीडित किशोरीले तनहुँ जिल्ला अदालतमा जस्तै आफूमाथि जबरजस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् ।
गत आइतबार मात्रै पनि उनले जिल्ला अदालत, तनहुँमा बकपत्रका क्रममा आफूमाथि बलात्कार नभएको बताएकी थिइन् । त्यहाँ उनले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गर्दै प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको उनले दाबी गरेकी थिइन् ।
नवलपुर जिल्ला अदालत स्रोतका अनुसार सरकारी वकिलहरुले २०–२२ वटा प्रश्न सोधेर जिरह गरेका थिए, जहाँ पीडित किशोरीले अभिनेता पल शाह निर्दोष रहेको र उनले आफूमाथि केही नगरेको बयान दिएकी छन् ।
सामाजिक रुपमा चौतर्फी प्रश्न उठेकाले आफूले आवेशमा आएर प्रहरीमा बलात्कार भएको भनी बयान दिएको भन्ने उनले बयान दिएकी हुन् । अब जिल्ला अदालतले अब बालिकाका बुबा र अरु साक्षीहरुको बकपत्र गराउने बताइएको छ ।
गत ११ फागुनमा किशोरीका बुबाले जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएपछि तनहुँ प्रहरीले पल शाहलाई नियन्त्रणमा लिएको थियो । अहिले अभिनेता पल शाह पूर्र्पक्षका लागि कारागारमा छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३