साताको अन्तिम कारोबारको दिने नेप्से परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ । बुधबार ३६.७३ अंकले गिरावट भएको नेप्से परिसूचक विहीबार ४.९४ अंक बढेर २३२५.४५ विन्दूमा झरेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ । विहीबार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ९१ हजार कित्ता शेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
बुधबारको तुलनामा विहीबार कारोबार रकममा सुधार भएको छ । बुधबार १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । विहीबार नेप्सेका १३ उपसमूह मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ वटाको घटेको छ ।
जसमा अन्य उपसमूहको परिसूचक सर्वाधिक २.०५ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन उपसमूहको १.०४ प्रतिशत बढेको छ । तर यता, निर्जीवन बीमा, वित्त, म्युचुअल फण्ड र बैंकिङ्ग उपसमूहको परिसूचक घटेका छन् ।
नेप्से परिसूचकसँगै दुई कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा जाल्पा लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर्सको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो । त्यस्तै, घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.३० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा १० करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार गरेर नेष्डो समृद्ध लघुवित्त शीर्ष स्थानमा रहेको छ । नबिल बैंकको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३