जहाजभित्रबाट टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरेर विवादमा आएका पत्रकार ऋषि धमलाले शुक्रबार प्रेस काउन्सिल पुगेर पत्रकार आचारसंहिताको कक्षा लिएका छन् ।
काउन्सिलले सुरु गरेको नयाँ अभ्यासअनुसार आचारसंहिताको कक्षा लिने उनी पहिलो पत्रकार हुन् ।
धमलाले प्रधानमन्त्री चढेको जहाजभित्र कर्मचारीहरुसँग हुलहुज्जत गरेका थिए । यस विषयमा काउन्सिलले धमलालाई स्पष्टीकरण सोधेको थियो । धमलाले दिएको जवाफपछि काउन्सिलले उनलाई एकदिनको अभिमुखीकरण कक्षामा सहभागी गराउने तथा आइन्दा आचारसंहिताविपरीतका हर्कत नदोहोर्याउन सचेत गराउने निर्णय गरेको थियाे ।
पहिलो निर्णयअनुसार शुक्रबार धमलालाई अभिमुखीकरण कक्षामा सहभागी गराइएको हो । उक्त कक्षामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, पूर्वअध्यक्ष गोपाल बुढाथोकी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्षहरु तारानाथ दाहाललगायतले पत्रकार आचारसंहिताबारे धमलालाई पढाएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३