नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकपछि अर्को गर्दै ओलीको पार्टीका मानिसहरु धमाधम नेकपा एकीकृत समाजबादी पार्टीमा प्रवेश गरेकाले ओलीको कुर्सीको खुट्टा भाँच्चिएको बताएका छन् ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, जिफन्टका नेता माधव पाण्डे ,भक्तपुर एमालेका नेता तथा सहकारीकर्मी उद्दव प्रसाद चौलागाईं लगायतका एमाले कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी नै नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह रहेको बताएका छन् ।
केपी ओलीको व्यक्तिवाद र अहंकार प्रवृत्तिका अगाडी इमान्दार र असल मानिसहरु बस्नै नसक्ने र ओली प्रवृत्तिका कारण एमालेकै भविष्य सकिएको बताए ।
यता महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सिट बाँडफाँडले आफूहरु उत्साही भएपनि जिल्लाहरुको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ थियो ।‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँडमा उत्साह थियो, यसले राम्रो सन्देश पनि दिएको छ । तर विभिन्न जिल्लाको रिर्पोट सुन्दाखेरी त्यति आशावादी/उत्साही हुने स्थिति छैन, उनले भने ।
देशैभरी पार्टीको सञ्जाल संगठन भएको कारण पार्टीले न्यूनतम रुपमा पनि उपस्थिति जनाउनुपर्ने उनको भनाई छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३