काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन् ।
आज मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छ ।
उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन् । शाहले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गनेर प्राविधिक शिक्षामा जोड दिने बताएका छन् ।
त्यस्तै निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने उल्लेख गरेका छन् । स्वास्थ्य क्षेत्रमा शाहले प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने र ७० वर्ष माथिका वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने योजना उनले अघि सारेका छन् ।
उनले सबै सरकारी कार्यालयमा सीसीटिभि जडान गर्ने, सरकारी कार्यालयमा बिहानी सिप्फ सञ्चालन गर्ने, सरकारी कार्यालयहरुका प्रभावकारी डेस्क स्थानप गर्ने जस्ता कामहरु अगाडि सारेका छन् ।
त्यस्तै शाहले सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समिति मार्फत निर्माण तथा पुनर्निर्माणका कार्य गरिने बताएका छन् । बस स्टपहरूमा फल्चा स्थापना गरिने उनको भनाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३