आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा १६ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी मनोनयनको पहिलो दिन आइतबार महानगरको मेयर पदमा १६ जनाले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् ।
आयोगका अनुसार पहिलो दिन मेयर पदका लागि साना राजनीतिक दल र स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा १२ पुरुष र ४ महिला रहेको आयोगले जनाएको छ ।
मनोनयनको पहिलो दिन उपमेयर पदका लागि १७ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । त्यस्तै, वडाध्यक्षतपर्फ २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने वडासदस्य ७ जनाले उम्मेदवारी दिएका छन् ।
मनोनयनको दोस्रो दिन भोलि सोमबार बिहान ११ बजेदेखि पुनः आयोगमा उम्मेदवारी दर्ता हुने बताइएको छ ।
१. आनन्द राज जोशी
२. रविकान्त मानन्धर
३. राजन कार्की ब्यवसायी
४. बालेन्द्र शाह (र्यापर)
५. समीक्षा बास्कोटा
६. सुरेशरत्न बज्राचार्य
७. रामबहादुर खड्का
८. सीता तामाङ
९. मनोजराज आचार्य
१०. ज्ञानु लामा तामाङ
११. सुमन सायमी
१२. अमोट महर्जन
१३. विपिनराज बैद्य
१४. सुर्य थापा श्रेष्ठ
१५. डिल्लीराम राजभण्डारी
१६. जेठा महर्जन
उपमेयर
१) गुणबहादुर बन्जरा
२. कीर्ति तुलाधर
३. बिद्या श्रेष्ठ महर्जन
४. अमरबहादुर खत्री
५. बिश्वबिजय श्रेष्ठ
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३