नेपाली काँग्रेसले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
आइतबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख दुई पदको उम्मेदवारको निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवालाई दिने निर्णय गरेको हो ।
बैठकले पार्टीको संसदीय समिति पनि गठन गरेको छ । पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेटेर बनाएको समितिमा १४औं महाधिवेशनमा सभापति देउवासँग पराजित नेता शेखर कोइराला भने रहेका छैनन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३