ललितपुर महानगरबाट एमालेको उप-मेयरकी उम्मेदवार मञ्जली शाक्य विरुद्ध उम्मेदवारीको खारेजी माग गर्दै उजुरी परेको छ । ललितपुर महानगरका मतदाता ज्ञान बहादुर खड्गीले शाक्यको उम्मेदवारी नियमसंगत नभएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।
एमालेबाट उप-मेयरको लागि उम्मेदवारी दर्ता गराएकी शाक्यको समानुपातिक तर्फको बन्दसूचीमा नाम रहेको आरोप छ । बन्दसूचीमा नाम नहटाइ उम्मेदवारी दर्ता गर्न नमिल्ने प्रावधान रहेको छ ।
निर्वाचन आयोगले मनोनयन दर्ता र बन्दसूचीबाट नाम हटाउनको लागि परेका निवेदनमा कार्वाही सँगसँगै अगाडी बढिरहेको जानकारी दिएको छ ।
शाक्य २०७४ सालको स्थानीय निकायको चुनावमा माओवादीबाट ललितपुर महानगरमा उप-मेयरको उम्मेदवारी दिने क्रममा मतदाता नामावलीमा नाम नभेटिएपछि उम्मेदवारी दिनबाट बन्चित भएकी थिइन् । पूर्व माओवादीलाई एमालेबाट ललितपुर महानगरमा उप-मेयरको उम्मेदवार प्रस्तुत गर्दा पार्टी भित्रै असन्तुष्टको संख्या बढ्दो छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३