अछाम – अछामको मेल्लेख गाउँपालिकामा एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ ।
समाजवादीले पालिका अध्यक्षमा एमालेका भीमबहादुर खड्का र एमालेले उपाध्यक्षमा समाजवादीकी समिता महरलाई समर्थन गरेको छ ।
दुई दलबीचको सहमतिसँगै समाजवादीका अध्यक्ष उम्मेदवार डम्बर नेपाली र एमालेकी उपाध्यक्ष उम्मेदवार चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएका छन् ।
काँग्रेस र माओवादी केन्द्र मिलेर आफूलाई एक्ल्याएको भन्दै समाजवादी एमालेसँग मिलेको हो । ८ वडामध्ये ७ वटामा एमाले र एकमा एकीकृत समाजवादीले लिने सहमति पनि दुई दलबीच भएको छ । श्रोतका अनुसार सहमति निर्माणमा एमाले नेता भीम रावलको भूमिका छ । माधव नेपाल समूहमा रहेका रावल अन्तिम समयमा आएर एमालेमै रहेका थिए ।
चितवन महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग टक्कर लिएका रावल परिभाषित सांगठनिक जिम्मेवारीमा छैनन् । ओली र रावलबीच बेलाबेला सार्वजनिक रुपमै जुहारी चल्दै आएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७