निर्वाचन आयोगले नेकपा (एमाले)बाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोग स्रोतका अनुसार स्थापितलाई गत बैशाख १५ गते धुम्बाराहीमा भएको एक कार्यक्रममा दिएको अभिव्यक्तिबारे स्पष्टीकरण मागिएको हो ।
आयोग स्रोतका अनुसार स्थापितलाई तीनदिन भित्र जवाफ दिन भनिएको छ । ‘तपाईले प्रश्नकर्ता महिलालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भनेर भनेको हो कि होइन ? उक्त भनाइ आचारसंहिता विपरीत भयो कि भएन ? यदि भनेको हो भने किन भनिएको हाे ?’ भनेर स्पष्टीकरण माग गरिएको जनाएको छ ।
काठमाडौं महानगरको पूर्व मेयरसमेत रहेका स्थापितलाई विगतमा पनि महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्दै आएको थियो । उक्त विषयमै सोधिएको प्रश्नमा उनी बैशाख १५ गतेको सार्वजनिक कार्यक्रममा एक महिलामाथि खनिएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३