बुधबार बिहान करिब १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अधिकारीलाई अज्ञात नम्बरबाट फोन आयो । फोनामा भनियो – ‘विमानस्थल कार्यालयमा ८ वटा बम राखिएको छ।’ जुन बम आन्तरिक विमानस्थल कार्यलयमा छ भनिएको थियो ।
उक्त फोनपछि अधिकारीहरु आत्तिए । त्यसपछि आन्तरिक विमानस्थलको सबै उडान रोकियो । त्यसका लागि थप सुरक्षाकर्मीका साथ नेपाली सेनाको टोली विमानस्थल परिसमा पुगे ।
सुरक्षा थ्रेट भएप वा त्यसप्रकारको सुचना आए विमानस्थलमा पूरै सर्च गर्नुपर्ने सिष्टम नै रहेको एक अधिकारीले बताए ।
त्यसपछि नेपाली सेनाले सबै स्थानमा जाँच गरिसकेको गर्यो तर केही फेला परेन । कुनै शकास्पद वस्तु फेला नपरेपछि अब आन्तरिक उडान सुरु गर्ने तयारी भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।
विमानस्थलको सबै उडान रोकेर उड्न लागेका यात्रुहरुसमेत निकालिएकाले धेरै यात्रुहरु प्रभावित भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३