मुगु छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भएकाे छ ।
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले प्रमुख प्रशासकीय अधिकृत सारु, सव-इञ्जिनियर हस्त बहादुर मल्ल, इञ्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेकाे हाे ।
नगरपालिकाले वडा नं. २ मा पर्ने पैदल बाटोमा पक्की सिंढी निर्माण गर्ने गरी आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन भएको रकम उनीहरुले हिनामिना अख्तियारकाे अनुसन्धानबाट खुलेकाे छ ।
२९ लाख ७७ हजार ८ सष २१ रुपैयाँ ११ पैसा हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेकाे अख्तियारले दायर गरेकाे आराेप पत्रमा उल्लेख छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७