नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यक्ता भएको बताएका छन् । बुधबार विराटनगरमा नेपाली काँग्रेस मोरङ जिल्ला समितिले आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा कुनै किसिमको आँच आउने गरी काम नगर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
उनले नेपाली कांग्रसले कहिल्यै धोका नदिने प्रतिबद्धता समेत राखेका छन् । नेपाली कांग्रेस पार्टीका सभापति समेत रहेका देउवाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सबै कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले आगामी दिनमा नेपाली कांग्रेसले नेतृत्व पाएमा ६५ वर्षदेखि नै बृद्धभत्ताको प्रबन्ध गर्ने बताए । उनले विराटनगर राजनीतिकको सन्देश दिने ठाँउ भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
सो चुनावी आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन लोकतन्त्र र संविधानको रक्षा साथै परिवर्तनको रक्षा गर्न गठबन्ध आवश्यक भएको बताएका छन् । उनले कांग्रेसले जितेका स्थानीय तहहरुमा राम्रो काम भएको भन्दै प्रशंसा गरेका थिए ।
कांग्रेस नेता डा.शेखर कोइरालाले स्थानीय तहको निर्वाचनले संघ र प्रदेशको निर्वाचनलाई इंगित गर्ने बताएका छन् । उनले सबै कार्यकर्तालाई कठबन्धनका उम्मेदवारलाई विजयी गराएर लोकतन्त्रको संरक्षण गर्न आग्रह समेत गरेका छन् ।
सो चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री विश्व प्रकाश शर्माले अहिले आफ्नो गाँउ कस्तो बनाउने, समृद्धि खोज्ने जनताको हक अधिकार भएकाले निर्वाचनमा सहभागीभएर अवसर नगुमाउन सबैलाई आग्रह गरेका छन् ।
उनले कांग्रेस कमजार भएर तालमेल नगरेको प्रष्ट पारेका छन् । महामन्त्री शर्माले संविधानलाई ठीक ठाँउमा ल्याउनका लागि तलमेल भएको बताए ।
सो चुनावी आमसभालाई नेताहरु महेश आचार्य, मिनेन्द्र रिजाल, डिला संग्रोला, केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुलीलगायतले सम्बोधन गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३