बम विस्फोटक अभियोगमा जेल चलान भएका कांग्रेस नेता अफताब आलमलाई थुनामुक्त नगर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।
शुक्रबार न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो ।
यसअघि उच्च अदालतले आलमलाई थुनामा पठाउन आदेश दिए पनि त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । शुक्रबार उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो ।
२०६४ सालमा कांग्रेसका सांसदसमेत रहेका आलममाथि रौतहटमा संविधानसभा निर्वाचनपूर्व बम विस्फोट गराएको र घाइतेहरूलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप छ । उक्त आरोपसँगै सांसद पदबाट निलम्बित भएका उनलाई २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३