Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ जेष्ठ ३, मंगलबार
ट्रेन्डीङ्ग
एकीकृत समाजवादी एमाले गठबन्धन नेपाली कांग्रेस केपी शर्मा ओली शेरबहादुर देउवा पक्राउ स्वास्थ्य
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • स्वास्थ्य / जीवनशैली
    • सूचना-प्रविधि
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता

१५ घण्टा अघि
२

‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’

१९ घण्टा अघि
३

विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

१९ घण्टा अघि
४

काठमाडाैँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि

२२ घण्टा अघि
५

त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने

१ दिन अघि
६

स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको नेता ज्ञवालीको आरोप

१ दिन अघि
७

ललितपुरमा चिरीबाबु दोब्बर बढी मतले अघि

२ दिन अघि
८

मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना सतर्कता अपनाउन अनुरोध

४ दिन अघि
९

मोदीले प्रयोग गर्ने गाडी भारतीय वायुसेनाको विमानले भैरहवा ल्याइदियाे

५ दिन अघि
१०

होण्डाको आकर्षक उपहार योजना

५ दिन अघि
११

निर्वाचन आयोगले भन्यो, ‘मापसे गर्ने व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश नदिनु’

५ दिन अघि
१२

आज राति १२ बजेदेखि मौन अवधि, के- के गर्न पाइँदैन ?

६ दिन अघि

धेरै पढिएका

१

काठमाडौँ महानगर वडा १५ मा ईश्वरमान डंगोल विजयी भइसकेको केशव स्थापितको स्वीकारोक्ति

१ हफ्ता अघि
२

काठमाडौं महानगर वडा २७ मा काँग्रेसको तर्फबाट खड्गी वडाध्यक्षका उम्मेदवार

३ हफ्ता अघि
३

१९ वडामा एमालेबाट मुनिकारको उम्मेदवारी

२ हफ्ता अघि
४

एमालेबाट काठमाडौं महानगर वडा २० का वडाध्यक्षका प्रत्यासी ताम्राकार

१ हफ्ता अघि
५

गठबन्धनको सहमती र निर्णय प्रतिकुल हुनेगरी महालक्ष्मीमा माओवादीको उम्मेदवारी

२ हफ्ता अघि
६

निर्वाचन अगावै नेकपा (एकिकृत समाजवादी) का उम्मेदवार निर्विरोध निर्वाचित

३ हफ्ता अघि
७

उप-मेयर पूर्व-माओवादीलाई दिँदा ललितपुर एमालेमा खैलाबैला, असन्तुष्टीको संख्या बढ्दो

३ हफ्ता अघि
८

नेकपा एसका अध्यक्ष नेपालको महालक्ष्मी नगरपालिकामा बृहत चुनावी जनसभा

१ हफ्ता अघि
९

महालक्ष्मीबासीको व्यापक समर्थन बटुल्दै मेयरका प्रत्यासी नकुल थापा

१ हफ्ता अघि
१०

सुनको मूल्यमा निरन्तर गिरावट, यस्तो छ आजको भाउ

२ हफ्ता अघि
११

पल शाहविरुद्धको मुद्दामा ट्विस्ट : नाबालिग गायिकाले अदालतमा बयान फेरिन्

४ हफ्ता अघि
१२

६२ लाख बराबरको मालसामानसहित ट्रक नियन्त्रण

४ हफ्ता अघि

‘हात सफा राखौं – सुरक्षित रहन एकजुट होऔं’ भन्ने नारासहित शौचालयमा हात स्वच्छताको परिक्षण

हरप्रहर सम्वाददाता काठमाडौँ प्रकाशित मिति: २०७९ बैशाख २३, शुक्रबार (१ हफ्ता अघि)

  • ६६ पटक पढिएको
  • ‘हात सफा राखौं – सुरक्षित रहन एकजुट होऔं’ भन्ने नारा सहित विश्वभर हातको स्वच्छता दिवश मनाईयो । शौचालय प्रयोग पछि अनिवार्य हात धुनु पर्ने कुरा जनस्वास्थ्यको हिसावले अनिवार्य भएको र यस्लाई प्रारम्भिक कक्षा देखि सिकाउनु पर्ने आवश्यकतालाई औंल्याउँदै मानिसको व्यवहार परिवर्तन नै स्वस्थ जीवन यापनका आधार भएको कुरा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका प्रमुख प्रशासक नोड‌नारायण चौधरीले चर्चा गरे।

    विश्व हातको स्वच्छता दिवस ५ मे, २०२२ को अवसरमा परम्परागत र अत्याधुनिक शौचालय प्रयोगकर्ताहरुको शौचालय प्रयोग गर्नु अघि र प्रयोग पश्चात हात धोएको पानीको नमुनाको परिक्षण ललितपुर महानगरपालिकामा रहेको सार्वजनिक शौचालयमा विश्व स्वास्थ्य संगठन, खानेपानी तथा ढल व्यवस्थापन विभाग, हिक्याफ ३६०, राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, एरोशान सस्टेनेवल स्यानिटेशन र गैर सरकारी संस्था गुथिको संयुक्त आयोजनामा ३ दिन अनुसन्धान अध्ययन गरिएको थियो ।

    ललितपुर महानगरपालिका स्थित परम्परागत सार्वजनिक शौचालयमा प्रति घण्टा ७५ जना र आधुनिकमा १५ जना प्रयोगकर्ताहरुले शौचालय प्रयोग गरेको अध्ययनले देखाएको थियो । विशेष गरि महिला प्रयोगकर्ताहरुलाई फोहोर पानीले संक्रमण हुन सक्ने भएकोले महिलाहरुलाई शौचालय प्रयोग गर्न असहज हुने गर्दछ । परम्परागत सार्वजनिक शौचालयमा हात धुनका लागि स्वच्छ पानी र सावुनको उचित व्यवस्था नभएकोले २५% प्रयोगकर्ताहरुले पानीले मात्र हात धोएको देखियो भने आधुनिक शौचालयमा स्वच्छ पानी र सावुनको उचित व्यवस्था भएकोले १००% ले सावुन पानीले हात धोएका थिए । यसरी हेर्दा परम्परागत शौचालयको हात धुने प्रयोगकर्ताहरुको संख्या भन्दा आधुनिक शौचालयका प्रयोगकर्ताहरुको हात धुने संख्या बढी रहेको तथ्याङ्कले देखाएको थियो ।

    अनुसन्धानको क्रममा परम्परागत तथा आधुनिक शौचालयमा प्रयोग हुने धाराको पानीको गुणस्तर परिक्षण गर्दा परम्परागत शौचालयमा इकोलि किटाणुको संक्रमण देखियो भने आधुनिक शौचालयको धाराको पानीमा गुणस्तर राम्रो रहेको र कुनै किटाणुबाट संक्रमण नभएको अध्ययनमा पाईएको थियो ।

    ईकोलि एक प्रकारको किटाणु हो जुन विशेष गरि दिसामा पाईने गर्दछ । पानीको मुहान तथा श्रोतहरुमा दिसाजन्य फोहोरको संक्रमण हुँदा यस्ता किटाणुहरु देखिने गर्दछ । यस्तो पानीको प्रयोग गर्दा वा शौचालय प्रयोग पश्चात राम्ररी सावुन पानीले हात नधोएमा मानिसहरुलाई झाडापखाला, उल्टि, हैजा जस्ता रोगको संक्रमण हुने सम्भावना अत्याधिक हुने गर्दछ ।

    परम्परागत र आधुनिक शौचालयका प्रयोगकर्ताहरुको शौचालय प्रयोग गर्नु अगाडि र प्रयोग पश्चात हात धोएको पानीको नमुनाको परिक्षण गर्दा परम्परागत शौचालयमा इकोलि किटाणुको संक्रमण रहेको पाइएको छ भने आधुनिक सार्वजनिक शौचालयको प्रयोगकर्तामा इकोलि किटाणुको संक्रमण नरहेको पुष्टि गरेको छ ।

    एरोशान हव सार्वजानिक शौचालयमा स्रोतको पानी स्वच्छ र किटाणु रहित पाईनुका साथै प्रयोग कर्ताहरूले अनिवार्य शौचालय प्रयोग पछि हात धुनुले यस्को महत्व र उपादेयतालाई थप महत्व दिएको एरोशानका कार्यकारी प्रमुख प्रकाश अमात्यले बताए ।

    राजा राम पोटे श्रेष्ठ, प्रतिनिधि, विश्व स्वास्थ्य संगठनले हात धुने सामान्य बानीले ८० प्रतिशत पानी जन्य रोगको रोकथाम गर्न सकिने भएकोले शौचालय प्रयोग पछि अनिवार्य हात धुने र शौचालय को अवस्था लाई व्यापक सुधार गर्नुपर्ने कुरा मा जोड दिंदै समुदायमा आधारित भएर हात धोएर पानी परिक्षण गरि सचेतना फैलाउन राष्ट्रिय अभियान गर्न सकिने बताए ।

    प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य / जीवनशैली सम्बन्धि थप
  • टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियाको पहिलो राष्ट्र
    हरप्रहर

    टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियाको पहिलो राष्ट्र

  • ९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप
    हरप्रहर

    ९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

  • कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढेः डब्लूएचओ
    हरप्रहर

    कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढेः डब्लूएचओ

  • फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैनः डब्लूएचओ
    स्वास्थ्य

    फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैनः डब्लूएचओ

  • ताजा खबर
  • १

    काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता
    १५ घण्टा अघि

  • २

    ‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’
    १९ घण्टा अघि

  • ३

    विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
    १९ घण्टा अघि

  • ४

    काठमाडाैँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि
    २२ घण्टा अघि

  • ५

    त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution