पाँच दलीय गठबन्धनको निर्णयविपरीत पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारी दिएका नेपाली कांग्रेसका बागी उम्मेदवार विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।
पोखरामा कार्कीले बागी उम्मेदवारी दिएका थिए । कार्कीले अन्तिम समयमा विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् ।
उम्मेदवरी निष्क्रिय भएको घोषणा गरेका कार्कीले अब गठबन्धनका उम्मेदवारलाई सहययोग गर्ने घोषणासमेत गरेका छन् ।
‘साथीहरुको सल्लाह र अग्रज नेताहरुको आग्रह अनुसार मेरो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै गठबन्धनका उम्मेदवारलाई सहयोग गर्छु’ कार्कीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसका कोपिला रानाभाट उम्मेदवार छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३