सल्यानमा गुडिरहेको गाडी बिजुलीको तारमा ठोक्किएर करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मृत्यु हुनेमा २६ वर्षका लोकेन्द्र राना र २२ वर्षका गोपाल बुढा रहेका छन् । जिल्लाको कुमाख गाउँपालिकामा नेपाली काँग्रेस र एमाले गठबन्धनको विजयोत्सवमा आउँदै गरेको गाडीमा करेन्ट लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारीअनुसार बस्नेतज्युला भन्ने स्थानबाट शान्तिबजार आउँदै गरेका सर्वसाधारण चढेको गाडीमा करेन्ट लागेको थियो । गाडीको छतमा बसेकाहरुलाई विद्युतको तारले छुँदा घटना भएको सल्यानका डीएसपी सुमित खड्काले बताए । उनले भने, ‘गाडीको छतमा बसेकाहरुलाई विद्युतको तारले छुँदा दुर्घटना भएको हो, घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३