नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कारका आरोपितका सम्बन्धमा अनुसन्धान थाल्न माग गरेका छन् ।
सांसद थापाले प्रतिनिधिसभामा जारी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिनुअघि शुक्रबार सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
“हिजो घर फर्कंदै गर्दा एकजना युवती सात वर्षअघि बलात्कृत भएको तर न्याय नपाएको घटना सार्वजनिक भयो । म घर पुग्दै गर्दा घरमा श्रीमती र छोरी डराइरहेको पाएँ,” थापाले भने, “सभामुख महोदय, यति गम्भीर विषय सार्वजनिक भइसक्दा पनि सरकारले बलात्कार आरोपितलाई अनुसन्धान नगर्नु सकारात्मक कुुरा होइन । यस्तो गम्भीर विषयमा सरकारले तत्काल आरोपितमाथि अनुसन्धान थालोस् ।”
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३