काठमाडौं महानगर पालिकाको वडा १८ मा नेकपा (एमाले) को पुरै प्यानल विजयी भएको छ । अहिले भित्री वस्तीहरु भने नेकपा एमाले आफ्नो पकड़ जमाएको छ। यसै क्रममा वडा १८ मा वडाध्यक्षमा निवर्तमान वडाध्यक्ष न्हुछेँकाजी महर्जन नै यस पटक पनि निर्वाचित भएका छन् ।
महर्जन एक हजार २९३ मतसहित वडाध्यक्ष निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार राजन महर्जनले ७७१ मत पाए ।यसै गरि खुल्ला सदस्यमा हेमज्योती शाक्य र रचना शर्मा निर्वाचित भए । वडा सदस्यद्वयमध्ये शाक्यले एक हजार २२४ मत पाउँदा शर्माले एक हजार १२८ मत प्राप्त गरिन् ।
महिला सदस्यमा एक हजार ३५१ मतसहित हेराशोभा डंगोल (महर्जन) विजयी भइन् । दलित महिला सदस्य पदमा भने अम्बिका सुनार यस अघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३