विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेलगायतको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् ।
मिश्रले स्थानीय तहको निर्वाचनमा पार्टीले पराजय बेहोरेपछि नैतिकताका आधारमा आज पार्टीको अध्यक्ष पदबाट राजीनामा दिँदै कारबाहीमा परेका नेता कार्यकर्ताको कारबाही फुकुवा गर्न आग्रह गरेका हुन् । आफूले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेजका कारण विवाद भई कारबाही गरिएका व्यक्तिको कारबाही फिर्ता गरिदिन मिश्रले पार्टी केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिलाई भनेका हुन् ।
‘मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई-तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजकलगायत कतिपयलाई कारबाही गरिएको थियो। सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
उनले आफ्नो दस्तावेजप्रति असहमति राखेर राजीनामा दिएका नेता-कार्यकर्तालाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३