काठमाडौं महानगरपालिकाको ३० वटा वडाको मतगणना सकिँदा वडाध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसका १२- १८ जना उम्मेदवार निर्वाचित भएका छन् ।
हालसम्म काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४, ५, ६, ७, ८,९, १०, ११, १२, १३ १६ १७ १८ १९ २० २१ २२ २३ २४ २५ २६ २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।
जसमध्ये वडा नं १, २, ३, ४, ५, १३, १८, २१, २२, २३, ३१ र ३२ मा एमाले उम्मेदवार निर्वाचित भएका छन् । नेकपा एमालेबाट वडाध्यक्ष जित्नेहरुमा वडा नम्बर १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा प्रेम थापा, ४ मा दिनेश महर्जन, ५ मा वीरेन्द्र प्रजापति, १३ मा बाल कृष्ण महर्जन १८ मा न्हुछे काजी महर्जन २१ मा उदय चुडामणी बज्राचार्य २२ मा चिनीकाजी महर्जन २३ मा मचा राजा महर्जन ३१ मा सरोज ढकाल र ३२ मा नवराज पराजुली रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसले वडा नम्बर ६, ७, ८, ९, १०, ११, १२, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० को वडाध्यक्ष पद जितेको छ । नेपाली कांग्रेसबाट वडाध्यक्ष जित्नेहरुमा वडा नम्बर ६ का भुवन लामा, ७ मा विमलकुमार होडा, ८ का आशामान संगत, ९ मा रामजि भण्डारी १० मा राम कुमार के.सी ११ मा हिरा लाल तण्डुकार १२ मा बाल कृष्ण महर्जन १६ मा मुकुन्द रिजाल १७ मा नविन मानन्धर १९ मा राजेश कुमार श्रेष्ठ २० मा राजेन्द्र मानन्धर २४ मा बिनोद कुमार राजभण्डारी २५ मा राजेश डंगोल २६ मा ख्याम राज तिवारी २७ मा योगेशकुमार खड्गी, २८ मा भाइराम खड्गी, २९ मा कुश ढकाल, ३० मा दलबहादुर कार्की रहेका छन् ।
त्यसैगरी वडा नं १४ र १५ को मतगणना जारी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७