एसईई परिक्षा दिएर बसेका काठमाडौंका ज्यापु समदुायका युवाहरु र अभिभावकहरुलाई शैक्षिक र अभिभावकत्व परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिबाट आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै अभिभावकहरुलाई कुशल अभिभावकत्वबारे परामर्श दिइएको थियो ।
कार्यक्रममा शैक्षिक परामर्शदाता इन्द्र गुरुङ र राजेश्वरी श्रेष्ठ गुरुङले परामर्श दिएका थिए । साथमा विभिन्न विद्यालयका प्रधानाध्यापकले पनि विद्यार्थी र उनका अभिभावकको लागि परामर्श दिएका थिए ।
एसईई विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रमहरु हुने गरिए पनि कुशल अभिभावकत्व तालीम खासै नहुने गरेको कार्यक्रम संयोजक दिनेश महर्जनले बताउनुभयो ।
‘एसईई पछि विषय छनौटमा विद्यार्थीहरु निकै गम्भीर हुनुपर्छ, यसमा अभिभावकको सुझाव, मार्गनिर्देशन पनि निकै महत्वपूर्ण कुरा हो,’ संयोजक महर्जनले भने, ‘कुशल अभिभावकत्व परामर्शको सवालमा यो पहिलो कार्यक्रम नै हुनसक्छ ।’
कार्यक्रममा मुख्य परामर्शदाता इन्द्र गरुङले विद्यार्थीहरुलाई अरुको लहलहैमा लागेर विषय नचुन्न र आफ्नो चाह, कार्य कुशलता र समक्षताको विश्लेषण गर्दै शैक्षिक यात्रा अगाडी बढाउन सुझाए । त्यस्तै अभिभावकहरुले आफ्ना सन्तानहरुलाई समय दिएर कुराकानी, छलफल गर्न र पढाई वा विषय छनौटमा कुनै किसिमको दबाब नदिन आग्रह गरे ।
काठमाडौ बनहार्ट कलेजका उपप्राध्यापक सुरज शिवाकोटीले आफ्नो कलेजमा ज्यापु महागुथिको सिफारिसमा दुई जनालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे । आर्थिक अवस्था अङ्कको आधारमा छात्रवृत्ति दिने जानकारी शिवाकोटीले दिनुभयो ।
कार्यक्रममा समृद्धि कलेजका प्रधानाध्यापक नरेश श्रेष्ठले विद्यार्थीहरुलाई शुभकामना दिँदै विज्ञहरुको परामर्शलाई मनन गर्दै अगाडी बढ्न सुझाव दिनुभयो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३