राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको एजेन्डामाथि सर्त राख्दै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग आगामी दिनमा सहकार्य हुनसक्ने बताएका छन ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजसंस्थाको एजेण्डामा पुनरविचार गरे राप्रपासँग भोलिका दिनमा सहकार्य हुनसक्ने बताएका हुन् ।
उनले काँग्रेस, एमाले र माओवादीसँग त सहकार्य भएको भन्दे राप्रपासँग किन नहुने भन्दै तर्क गरे ।
तरपनि एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्ने उनले बताए ।
उनले विगतमा राजसंस्थाका लागि लामो समय दुख गरेको बताउदै अबका दिनमा राजसंस्था फर्कन नसक्ने उनले दावी गरे ।
हालको अवस्थामा राजसंस्थाको एजेण्डा असम्भव भएको उनले जिकिर गरे । उनले राजसंस्थाको एजेण्डाले राम्रो एजेण्डाहरु छाँयामा परेको बताए ।
उनले आगामी दिनमा धार्मिक युद्ध नहोला भन्ने ठाउँ नरहकोसमेत बताए । पछिल्लो समय धार्मिक द्वन्द्व झल्काउने गरी विभिन्न गतिविधि भइरहेकाले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट घोषणा गर्नुपर्ने बताए । सो भए मात्रै नेपालमा धार्मिक युद्ध रोकिने उनले दावी गरे ।
‘हिन्दु, बौद्ध र किरात धर्मप्रति संगठित रुपमा आतंक सिर्जना गरिएको र यो प्रकृयालाई रोक्न नसके धार्मिक द्वन्द्व हुनसक्ने खतरा छ,’ उनले भने, ‘धार्मिक द्वन्द्व रोक्नका लागि नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा गर्नुपर्छ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३