Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० आश्विन ९, मंगलबार

    ट्रेन्डीङ्ग

  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
  • कोशी प्रदेश
  • सुन प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

१५ घण्टा अघि
२

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

१७ घण्टा अघि
३

आज सुनचाँदीको मूल्य स्थिर

१९ घण्टा अघि
४

नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

२0 घण्टा अघि
५

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

१ दिन अघि
६

शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

३ दिन अघि
७

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

४ दिन अघि
८

भारत–क्यानडा तनाव : पश्चिमी देशहरूमा फैलिएको डर

४ दिन अघि
९

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

५ दिन अघि
१०

जहा सरुवा त्यही जग्गा जोड्ने टोखा नगरपालिकाका पूर्व कार्यकारी अधिकृत अर्याल भ्रष्टाचारी ठहर

५ दिन अघि
११

सूर्यविनायक–रत्नपार्क द्रुत बस सञ्चालन, धुलिखेलसम्म विस्तार गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता

५ दिन अघि
१२

संविधान दिवस विशेष : सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति

५ दिन अघि

धेरै पढिएका

१

लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

३ हफ्ता अघि
२

४५ सेकेण्ड श्रीमतीकाे गाडी राेकिदा बालेनले दिए सिंहदरवार जलाउने धम्की

३ हफ्ता अघि
३

निर्मल बाटिकाले सम्पन्न गर्यो ह्याकाथुन, योङ इन्नोभेटर अवार्ड बेदब्यास र साहारालाई

२ हफ्ता अघि
४

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ हफ्ता अघि
५

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

१ हफ्ता अघि
६

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसंग नेपाल फराकिलो रनको अन्तरले पराजित

३ हफ्ता अघि
७

काठमाडौं ट्रान्जिट गरेर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै निगम

४ हफ्ता अघि
८

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मेयरसहित १० जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

३ हफ्ता अघि
९

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

५ दिन अघि
१०

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२ हफ्ता अघि
११

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
१२

मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

१ हफ्ता अघि

गृह जिल्लामा कमजोर धरातलमा उभिएका वरिष्ठ नेता पौडेलको कसरी पुरा होला प्रधानमन्त्री बन्ने सपना ?

महेश पौडेल दमौली प्रकाशित मिति: २०७९ जेष्ठ २८, शनिबार (१ साल अघि)

  • ६०७ पटक पढिएको
  • सरकारले संघीय संसदको निर्वाचनको मिति घोषणा नगर्दै काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्ने हुटहुटी जागेको छ ।

    प्रधानमन्त्री बन्ने हुटहुटी जागेका वरिष्ठ नेता पौडेलले आफू निकटका व्यक्तिहरुलाई तनहुँ क्षेत्र नं १ बाट उम्मेदवार बन्ने आफू उम्मेदवार बन्ने विषय खुलेरै बताउन थालेका छन् । निर्वाचन लड्ने मनस्थितीमा रहेका वरिष्ठ नेता पौडेलले गृह जिल्ला आगमनलाई बाक्लो बनाउनुका साथै कार्यकर्तासंग भेटघाट कार्यलाई तीब्र ढंगले अगाडि बढाई रहेका समेत छन् । तर वरिष्ठ नेता पौडेल जुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न खोजि रहेका छन् । त्यहि निर्वाचन क्षेत्रमा उनको धरातल अत्यन्त कमजोर रहेको छ । अहिलेको अवस्थामा वरिष्ठ नेता पौडेल चुनावी मैदानमा उत्रिएको खण्डमा २०७४ को निर्वाचनमा पौडेलले जुन नियती भोगेका थिए, अहिले पनि त्यहि नियती दोहोरिने निश्चित छ । वरिष्ठ नेता पौडेल २०७४ को संसदीय निर्वाचनमा तत्कालिन वाम गठबन्धनका उम्मेदवार एवं हालका श्रममन्त्री कृष्णकुमार श्रेष्ठसंग ६ हजार ८ सय १४ मतको अन्तरले पराजित भएका थिए । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याएका थिए भने वरिष्ठ नेता पौडेलले २७ हजार ६ सय ७५ मत ल्याएका थिए ।

    यस कारण अहिले पनि कमजोर छन् पौडेल

    हालै सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाले पनि वरिष्ठ नेता पौडेल तनहुँ क्षेत्र नं १ मा कमजोर देखिएका छन् । पौडेलको गृह नगर व्यास नगरपालिकामा कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपाने २ सय ५२ मतान्तरले विजयी भएका छन् । न्यौपानेले जुन मतले विजयी भएका छन् पौडेल उम्मेदवार बन्दा उक्त मत समेत पौडेलको पक्षमा खस्ने देखिदैन । व्यासका अलावा यसअगाडि कांग्रेसले जितेको आँबुखैरेनी गाउँपालिकामा कांग्रेसले यसपटकको स्थानीय तह निर्वाचन गुमाएको छ । आँबुखैरेनी गुमाउँदै गर्दा कांग्रेसलाई ठूलो क्षति पुगेको छ । त्यस्तै बन्दिपुरमा समेत कांग्रेस कमजोर अवस्थामा रहेको छ । भानु नगरपालिका कांग्रेसले जितेको भएपनि पार्टीका पूर्व सह—महामन्त्री गोविन्दराज जोशीको गृह नगर भएको हुँदा पौडेलको भन्दा जोशीको प्रभाव पर्ने निश्चित छ ।

    जोशी मैदानमा उत्रन तयारी अवस्थामा

    अघिल्लो पटक उम्मेदवारी रद्ध हुन पुगेका कांग्रेसका पूर्व सह—महामन्त्री जोशी यस पटक पुनः उम्मेदवारी बन्ने तयारीमा रहेका छन् । तर अघिल्लो पटक जोशीको उम्मेदवारी रद्ध भएको हुँदा यसपटकको उनको उम्मेदवारी रद्ध हुने धेरैको अनुमान रहेको छ । जोशीको उम्मेदवारी रद्ध हुने अवस्था आएमा जोशीले अन्य बलियो उम्मेदवारलाई मैदानमा उतार्ने योजना बनाएका छन् ।

    मतदाताका माँझ अलोकप्रिय

    वरिष्ठ नेता पौडेलले तनहुँ क्षेत्र नं १ बाट उम्मेदवार बन्ने चाहना राखेपनि उनी मतदाताका माँझ अलोकप्रिय रहेका छन् । पदमा रहँदा जिल्लाको विकास निर्माण र जिल्लाबासीलाई रोजगारी दिलाउने विषयमा ध्यान नदिएको भन्दै मतदाताहरुले उनको आलोचना गर्ने गरेका छन् । पौडेल यस पटक उम्मेदवार बनेको खण्डमा विगतमा भन्दा धेरै मत अन्तरले पराजित हुने अधिकांश जिल्लाबासीको जिकिर रहेको छ ।

    गठबन्धनको झिनो आशा

    तनहुँ क्षेत्र नं १ बाट उम्मेदवार बन्ने योजनामा रहेका पौडेल यस पटक गठबन्धन हुने हुँदा चुनाव जित्ने आशामा रहेका छन् । तर पौडेल गठबन्धनकै उम्मेदवार बन्दा पनि माओवादी केन्द्रले विश्वास नगर्ने र समाजवादीको खासै प्रभाव नरहेको हुँदा गठबन्धनको उम्मेदवार बन्दा पनि जित्ने सम्भावना निकै कम रहेको छ ।

    चुनाव जितिहाले भनि संसदीय दलको नेता तर महाभारत

    वरिष्ठ नेता पौडेलले गठबन्धनको जोडबलले चुनाव जिति हाले पनि संसदीय दलको नेता बन्न महाभारत देखिएको छ । पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइरालालाई असहयोग गरेका पौडेललाई कोइराला समुहले समर्थन गर्ने सम्भावना कम देखिन्छ । त्यस्तै केही दिन अगाडि पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई काठमाण्डौं महानगरपालिकाको उम्मेदवार बनाएको विषयप्रति पौडेल पूर्ण रुपमा असन्तुष्ट बन्न पुगेका छन् । पौडेललाई पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधीले समेत सहयोग गर्ने सम्भावना देखिदैन । त्यस्तै कथंकदाचित प्रधामन्त्री शेरबहादुर देउवाले सहयोग गर्न खोजेपनि प्रधानमन्त्री पत्नी आरजु देउवाबाट सहयोग हुने सम्भावना देखिदैन । यस्तो अवस्थामा पौडेल पार्टीको संसदीय दलको नेता हुने सम्भावना निकै न्यून रहन्छ । संसदीय दलको नेता नभएपछि प्रधानमन्त्री बन्ने सम्भावना नै रहदैन ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    एमाले

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

  • फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत
    हरप्रहर

    फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

  • नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी
    हरप्रहर

    नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

  • राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै
    शिक्षक आन्दोलन

    राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

  • ताजा खबर
  • १

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    १५ घण्टा अघि

  • २

    फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत
    १७ घण्टा अघि

  • ३

    आज सुनचाँदीको मूल्य स्थिर
    १९ घण्टा अघि

  • ४

    नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी
    २0 घण्टा अघि

  • ५

    राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution