नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौं महानगरको फोहोर व्यवस्थापनप्रति प्रमुख बालेन शाह र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको प्रशंसा गरेका छन् ।
पूर्वस्वास्थ्य मन्त्री समेत रहेका थापाले काठमाडौं महानगरको फोहोर उठ्न थालिएको भन्दै प्रमुख शाह र झाँक्रीको प्रशंसा गरेका हुन् ।
उनले आगामी दिनमा पुन: फोहोर सङ्कट आउन नदिन केहि काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने थापाले बताएका छन् ।
केही दिनअघि शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको पहलमा सिसडोल–बञ्चरेडाँडाका स्थानीयहरुसँग फोहोर व्यवस्थापनका लागि सहमति भएको थियो ।
साथै अब उक्त स्थानमा काठमाडौंको फोहोर व्यवस्थापन हुने छ । स्थानीयको माग सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाले १८ बुदे सहमति गरेको छ ।
काठमाडौंबाट फोहोर उठ्न थालेको छ।यसका निम्ति काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाक्रीको निरन्तरको पहलकदमी प्रंशसनीय छ।अब फेरी फोहोरको यस्तै सङ्कट आउन नदिन केहि काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने छ। pic.twitter.com/S3FAST3fC7
— Gagan Thapa (@thapagk) June 12, 2022
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७