भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ थप बढेको छ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ ५२ पैसा बढेर २ सय ९ रूपैयाँ २८ पैसा पुगेको छ। डिजेल प्रतिलिटर १९ रुपैयाँ ०३ पैसाले बढेर २ सय २ रुपैयाँ १६ पैसा पुगेको छ।
हाल नेपाल आयल निगम (एनओसी)ले पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँमा बिक्री गरिरहेको छ। एनओसीले पठाएको नयाँ मूल्य अनुसार नेपालमा भाउ नबढाउँदा पेट्रोलमा १५ दिनमै ९५ करोड घाटा लाग्नेछ।
केही समयअघि निगमले पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँमा बिक्री गरिरहेको थियो। जनदबाबपछि सरकारले हाललाई पेट्रोलियम पद्धार्थमा लिँदै आएको १० रुपैयाँ बराबर पुर्वाधार कर हटाएको छ। सोसँगै निगमले पनि पेट्रोलको मूल्य केही दिनलाई घटाएर एक सय ७० रुपैयाँमा बिक्री गरेको थियो। केही समयपछि थप नोक्सानी व्यहोर्न नसक्ने भन्दै मूल्य बढाएर १ सय ७८ रुपैयाँ कायम गरेको हो।
अहिले आएको नयाँ मूल्य सूचीअनुसार बिक्री मूल्य समायोजन गरिसकेको छैन।
त्यस्तै, हाल प्रतिलिटर १ सय ६५ रुपैयाँमा डिजेल बिक्री गरिरहेको एनओसीलाई १५ दिनमै २ अर्ब ९१ करोड रुपैयाँ घाटा लाग्ने अवस्था रहेको उल्लेख छ।
हवाई इन्धन प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले बढेको छ। अहिले एनओसीले (आन्तरिक) प्रतिलिटर १ सय ६८ रुपैयाँ ७० पैसा र (बाह्य) १ सय ४७ रुपैयाँ ८९ रुपैयाँमा हवाई इन्धन बिक्री गरिरहेको छ। हवाई इन्धनमा १५ दिनमा ६६ लाख रुपैयाँ घाटा हुने अवस्था छ।
ग्यासको मूल्य बढेर नआएपनि प्रति सिलिण्डर २ हजार ५५ सय ५१ रुपैयाँमा किनेर १ हजार ८ सय रुपैयाँमा बिक्री गरिरहेको निगमलाई यसमा १ अर्ब १४ करोड घाटा भइरहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३