शुक्रबार सुनको मूल्य तोलामा ५०० सय रुपैयाँले बढेर ९७ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज ५०० रुपैयाँले वृद्धि भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्यमा पनि आज ५०० रुपैयाँले नै बढ्दै ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा तोलामा १० रुपैयाँले मात्र बढ्दै एक हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७