बालबालिकाका लागि २२ लाख डोज कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । आइतबार दिउँसो पाँचदेखि ११ वर्षका बालबालिका लागि २२ लाख ३०२ सय कोरोनाविरुद्धको खोप त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।
कोभ्याक्स सुविधाअन्तर्गत् अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा उक्त परिमाणमा खोप नेपाल आइपुगेको हो । अहिले उक्त खोपको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोपको चेकजाँच भइरहेको छ । साथै, आइतबार साँझसम्म प्रदेश स्तरका खोप भण्डारण केन्द्रमा पठाउने तयारी रहेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाले जनाएको छ ।
३९ लाख बालबालिकाका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिने भएको छ । पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ । पहिलो चरणमा पहिलो डोज खोप लगाइकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ ।
यसका साथै दोस्रो चरणमा ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन गरिने र भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइने जानकारी गराइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७