Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ ३०, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

४ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

४ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि

गठबन्धनको गीत नगाउन पार्टी पंक्तिलाई अध्यक्ष नेपालको निर्देशन

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ अषाढ ५, आईतबार (३ साल अघि)
Madhav-Kumar-Nepal

  • ३०४ पटक पढिएको
  • नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको गीत नगाउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । आइतबार समाजवादी प्रेस संगठन नेपालले काठमाडौंमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले स्थानीय तहमा आशा गरेअनुसारको परिणाम गठबन्धनबाट नआएकोले गठबन्धनको गीत नगाउन पार्टी पंक्तिहरुलाई निर्देशन दिएका हुन् ।

    उनले गठबन्धनको गीत गाउन छोडेर आफ्नो पार्टीलाई सबै जिल्लाका स्थानीय निकायहरुमा मजबुत बनाउने कुरामा लाग्न पनि आग्रह गरे । अध्यक्ष नेपालले आगामी मंसिरमा नै प्रदेश र संघीय चुनाव हुने भन्दै त्यसलाई आधार मानेर सिट व्यवस्थापनको कुरामा छलफल चलाउनुपर्ने आवश्यक्ता रहेको बताए ।

    उनले भने, ‘गठबन्धनलाई जोगाउँदै अघि बढ्नुपर्नेछ । अब निर्वाचनको तयारीमा जुट्नुपर्छ । हाम्रो सामु संघीय निर्वाचन र प्रादेशिक निर्वाचन आइसकेको छ । ६ महिनाभित्र नै सम्भवतः चुनाव हुनेछ । मंसिरलाई नै हामीले आधार मानिरहेका छौँ । मंसिर महिनालाई आधार मान्दा अहिलेदेखि नै हामीले चुनावको निम्ति छलफल चलाउनुपर्छ उम्मेदवारको बारेमा वा सिट विभाजनको बारेमा । छलफल चलाउनुपर्ने आवश्यक्ता छ ।’

    उनले थ पभने, ‘तर, स्थानीय तहको निर्वाचनमा हामी गठबन्धनतर्फ बढी आशावादी भएको हुनाले हामीले आफ्नो पार्टी पंक्तिलाई भनिरहेका छौँ, गठबन्धन, गठबन्धनको गीत गाउन बन्द गर्नुहोस् । आफ्नो शक्तिप्रति गर्ने कुरामा जोड लगाउनुस् । संगठन बिस्तार गर्ने कुरामा लागि पर्नुहोस् । देशका ७५३ वटा नै पालिकाहरुमा पार्टी संगठन बिस्तारको काम गर्नुहोस् । टोल गाउँसम्म पार्टीलाई पु¥याउने काममा जुट्नुहोस् । संगठन निर्माणको कुरामा दिनुपर्ने जति ध्यान दिएका छैनौँ ।’

    त्यस्तै अध्यक्ष नेपालले स्थानीय तहमा गठबन्धन पेचिलो हुने अनुभव बटुलेको भन्दै प्रदेश र प्रतिनिधि सभाको चुनावमा सिट बाँडफाँडमा कठिनाइ नहुने बताए । उनले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहमति गरेर र सहमति नजुटेको ठाउँमा एक्लाएक्लै चुनाव लड्ने बताए ।

    अध्यक्ष नेपालले आगामी चुनावसम्म गठबन्धन कायमै रहने र त्यसपछिको दिनमा पनि गठबन्धनलाई अघि लैजाने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘गठबन्धन तुलनात्मक रुपमा स्थानीय तहमा पेचिलो हुँदो रहेछ, माथिपनि पेचिलो, गाह्रो त छ । तर तुलनात्मक रुपमा माथि सजिलो छ । किनभन्दा १६५ वटा सिट प्रतिनिधि सभामा जुन छ, ३३० वटा प्रदेश सभामा छ । एउटा निर्वाचन क्षेत्रमा दुई वटा, एउटा प्रतिनिधि सभाको निर्वाचन क्षेत्रमा दुईवटा प्रदेश सभाका सदस्यको सिट छ । अन्य जिल्लाहरुमा हेरेर छ, कतै एउटा, कतै दुई वटा र मधेस प्रदेशमा ४ वटाका दरले छ । त्यहाँ पनि मिलाउन सजिलो हुनसक्छ ।’

    उनले फेरि भने, ‘सहमति भएको ठाउँमा सहमतिले र नभएको ठाउँमा यो ढंगले अघि बढ्ने भन्ने कुरापनि हुनसक्ला । आगामी चुनावसम्म गठबन्धन कायम रहन्छ कि रहँदैन ? भन्ने कुरा छ । हाम्रो निर्वाचन प्रणाली नै कस्तो छ भने एउटै पार्टीको बहुमतको सम्भावना अत्यन्तै कम छ । निर्वाचन प्रणालीले नै यहाँ एकभन्दा बढी पार्टीले मिलेर सरकार बनाउनुपर्ने दिशातर्फ मुलुकको राजनीति अघि बढिरहेको छ । नेपाली समाजमा मिलेर काम गर्ने संस्कृति छ, यसलाई हामीले जोगाउनु पर्छ । आगामी चुनावसम्म त गठबन्धन कायम रहन्छ नै त्यसपछि पनि यसलाई अघि बढाएर लैजाने कुरामा समयदेखि नै हाम्रो ध्यान जानुपर्ने आवश्यक्ता छ ।’

    अध्यक्ष नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) ले अहिले नयाँ तरङ्ग पैदा गरेको भन्दै जनता यसका लागि सचेत रहनुपर्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हीतविपरित् सम्भौता नगर्ने प्रतिबद्धता जनाएको भन्दै शंका गरिरहन आवश्यक नरहेको पनि बताए । अध्यक्ष नेपालले एसपीपी फिर्ता लिने वा नलिने भन्ने बारेमा पनि गठबन्धनबीचमा कुनै पूर्णरुपमा छलफल नभएको तर अबका बैठकमा छलफल गर्ने पनि स्पष्ट पारे ।

    उनले नेपाली सेनाबाट चिठी पठाउने कुरा कुटनीतिक हिसावबाट उचित थियो वा थिएन भन्ने कुराको प्रश्न खडा भएको भन्दै चिठीमा लेखिएका कुरा र कसको भूमिका थियो भन्ने कुराको समीक्षा हुनु आवश्यक रहेको बताए ।

    उनले भने, ‘स्टेट पार्टनरसीप प्रोग्रामले पनि नयाँ तरङ्ग पैदा गरेको छ । अहिलेपनि नेपाली समाज तरङ्गित छ । नेपालमा सबैभन्दा ठूलो कुरा नेपाली देशभक्तिको भावनाले काम गरिरहेको छ । त्यो कुनैपनि देशभित्र जनतालाई सबैभन्दा धेरै प्रताडित गर्दछ । यदी देशभक्तिको कुरामा कुनै आँच पुग्यो भने, राष्ट्रियहीतमाथि कुनै कुठाराघात हुने स्थिति बन्यो भने, नेपाल कुनैपनि हिसावले द्वन्द्वको स्थितितर्फ धकेलिने अवस्थामा गयो भने त्यसैले नेपाली जनताका आशंकालाई सहज र स्वभाविक रुपमा लिनुपर्छ । जनतको चाहनालाई पार्टीले गहिरो गरेर बुझ्न सक्नुपर्छ । नेपालको हीतमाथि आघात पुग्ने कुनैपनि कागजमा, सम्झौतामा मबाट सही हुनेछैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’

    उनले फेरि भने, ‘गृहमन्त्रीले पनि त्यही अनुसार बोलिसकेपछि अब हामीले धेरै शंका गरिरहनुपर्ने छैन । तर यसका बाबजुदपनि नेपाली जनतालाई सजग बनाइरहनु पर्छ । जनतालाई देशभक्तिमा केन्द्रित हुनुपर्छ । चाहे मुलुकलाई अघि बढाउने सवाल होस् जनताको हीतमा हुनुपर्छ । यी कुरामा सहमति भएर नै हामीले गठबन्धन कायम गरेका छौँ । अर्को गठबन्धन पनि देखाप¥यो त्यो गठबन्धनका अनुहार हेर्ने हो भने ती सबै दक्षिणपन्थी प्रवृतिका देखिए । त्यसैले हामीले यो वाम लोकतान्त्रिक गठबन्धन र अर्को दक्षिणपन्थी खालको गठबन्धन भन्ने गरेका छौँ । एसपीपी फिर्ता लिने वा नलिने भन्ने बारेमा डिटेलमा प्रवेश गरेका छैनौँ । त्यसबारेमा छलफल हुनेछ ।’

    त्यस्तै अध्यक्ष नेपालले अहिले नेपालमा प्रतिगमनको कुरा धेरै उठिरहेको भन्दै आपत्ति जनाए । उनले प्रतिगमन भनेको राजालाई सत्तामा ल्याउने कुरा भएको र अहिले देशमा धेरै ठूलो षड्यन्त्र चलिरहेको बताए । अध्यक्ष नेपालले राजा ल्याउने कुरा किमार्थ सम्भव नरहेको भन्दै राजाहरुलाई देश लुटेर नपुगेकाहरुको संज्ञा दिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    ३ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ४ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ४ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution